२०८१ फाल्गुन १ गते बिहिवार | 2025 February 13th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्व प्रधानमन्त्री भट्टराईका छोरी ज्वाइँ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोटमा

Meeting between Manushi Yami Bhattarai and KP Sharma Oli

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई र मानुषीका श्रीमानले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुंभएको छ । डाक्टर भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) मा सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुख समेत रहनुभएकी मानुषी र उहाँका श्रीमान जेकेन्द्र श्रेष्ठ एमाले अध्यक्ष ओलीसँग भेटघाट गर्न बिहान ओली निवास बालकोट पुग्नुभएको थियो ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै मानुषीले नै अध्यक्ष ओलीसँग समसामयिक विषयहरूमा कुराकानी भएको जनाउनुभएको छ । ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् !’ फेसबुकमा लेख्दै उहाँले ओलीलाई मेन्सन गर्दै दुई वटा तस्वीर सेयर गर्नुभएको छ । भेटघाट भएको तस्वीर नेकपा (एमाले) केन्द्रीय प्रचार विभागको आधिकारीक पेजमापनि देख्न सकिन्छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस