काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ विस्ता अब भने तिव्र गतिमा अघि बढेको छ । राजधानीबासीले धुलो र हिलोको ठूलो सास्ति खेप्दै आएकाले अब यो केही समयमा अन्त्य हुनेछ । बाटो फराकिलो हु्नेछ । अहिले कलंकी–बालाजु–महाराजगञ्ज खण्डमा सर्भिस ट्रयाक निर्माणको काम धमाधम भइरहेको छ । चक्रपथ विस्तार आयोजना अन्तर्गत मुख्य लेन र सर्भिस लेनको काम चीन सरकारले गर्ने भए पनि सर्भिस ट्रयाकको काम नेपाल सरकारले नै गरिरहेको हो ।
त्यहाँ हिजोआज दिनभर नै कामदार र मेसिनहरु धमाधम काम गरिरहेका देखिन्छन् । वर्षायामका बेला सडक विस्तार गर्न लागिएका कारण सामाखुशी गोंगबु क्षेत्र हिलो र धुलोले आक्रान्त छ । पानी परेका बेला सडक सबै हिलोले ढाकिन्छ भने घाम लाग्न थालेपछि धुलो अत्यधिक हुने गरेको छ ।