२०८१ साउन ६ गते आइतवार | 2024 July 21st Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हामी अरु देशबाट रङ्गिन पानी मगाएर पिउँछौं, त्यो बानी छोड्नुपर्छ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सबै कुरा रेडिमेट भित्रिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज ( शनिबार) पार्टी निकट महिला संघले आयोजना गरेको तीजको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालीहरु जंकफुडमा बानी परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

‘हामी रेडिमेटको बानी परेका छौं । जंक फुडको बानी परेका छौं । जंकफुडवाला भएका छौ । हामीलाई आफैंले बनाएको खाना मन पर्दैन । होटलतिर बनाएको पिजा मन पर्छ,’– उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले हामीले आफ्ना कला, संस्कृति, चाडबाड र मौलिक खानपिनलाई जोगाउन पर्नेमा जोड दिनुभयो । आफ्नै देशमा भएको प्रकृतिक स्रोत र साधनको प्रयोग र सदुपयोग गर्नुपर्ने बताउँदै उहाँले विदेशबाट महँगोमा आयत गरेर उपभोग गर्ने बानी छोड्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रोजस्तो शुद्ध, पवित्र मिनरल पानी पाइने ठाउँमा हामी अरु देशबाट रङ्गिन पानीहरु मगाएर, महँगो पैसा तिरेर पिउने बानी परेका छौं । त्यो हामीले छोड्नुपर्छ ।’

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस