२०८१ साउन ५ गते शनिवार | 2024 July 20th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबै जाति एकै ठाउँमा भएको मन नपराउनेहरुको मन भतभति पोलिराखेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरु अहिले पनि रहेको दावी गर्नुभएको छ । एमाले निकट महिला संघको तीज कार्यक्रममा बोल्दै उहाँले सबै जातको रंगीन फूलबारी भएको समाज देख्दा उनीहरुको मन पोलिरहेको बताउनुभयो । सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरुको मन भतभति पोलिरहेको छ उहाँले भन्नुभयो ।

कार्यक्रममा ओलीले २०४८ सालमा तीजको कार्यक्रम गर्दा अर्घखाँचीमा राति नेपाली कांग्रेसका कार्यकर्ताहरु भेला भएर महिलाहरुमाथि कुटपिट भएको र त्यो समस्या समाधान गर्न आफू जानुपरेको प्रसंग सुनाउनुभयो । अहिले पनि यस्तो घटना दोहोरिन्न भन्न नसकिने ओलीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ यस्ता चाडबाड मन नपराउनेहरु, अरु कुरा मन नपराउनेहरु, एकता मन नपराउनेहरु, सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउने मान्छे त झगडा गरेर बस्नुपर्नेमा कहाँ रमाएर एकै ठाउँ छन् भनेर मन भतभत पोल्नेहरु अहिले पनि छदै्छन् । एउटै वडाका मान्छेहरु अहिले सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु अहिले पनि छन् । साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिले पनि छन्, उहाँले भन्नुभयो ।’

 

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस