२०८१ साउन ३ गते बिहिवार | 2024 July 18th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी प्रदेशमा मिलेर अघि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । शनिबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान परिस्थितिमा कोशीमा मिलेर वा चुनावमा जानुपर्ने अवस्था देखिएकाले मिलेर अघि बढ्नु उत्तम हुने जिकिर गर्नुभयो ।

उहाँले चुनाव नै भए पनि गठबन्धनलाई फाइदा पुग्ने भए पनि राष्ट्रलाई थप आर्थिक भार पर्ने भएकाले चुनाव गर्न नहुनेमा जोड दिनुभयो । अध्यक्ष नेपालले अहिलेको निर्वाचन प्रणालीका कारण बेला–बेलामा समस्या देखिने गरेको भन्दै त्यसैका कारण अहिले कोशीमा सभामुख र उपसभामुख नै पद छाड्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।​ उहाँले पार्टी अघि बढाउने कुरामा एमाले र केपी ओली प्रवृत्ति समस्या भएको भन्दै त्यस्तो प्रवृत्तिलाई नपन्छाएसम्म संगठन र राजनीति अघि बढ्न नसक्ने तर्क समेत गर्नुभयो । अध्यक्ष नेपालले शनिबार नै आफू र चिनियाँ राजदूतसँग भेट भएको र भेटमा प्रधानमन्त्रीको चीन भ्रमणका साथै दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस