२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चीनको छिन्ताओ शहर हिमालय एयरलाइन्सबाट काठमाडौंसँग सिधा उडानमा जोडियो

काठमाडौं । चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौं– छिन्ताओ–काठमाडौं रुटमा सिधा उडान थालेको हो । कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको हिमालयको जहाज छिन्ताओकोे जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने भएको छ । यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । पहिलो उडानमा कुल यात्रु संख्या एक सय जना छन् ।

यो उडानको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किरातीले गर्नुभयो । नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ, हिमालय एयरलाइन्स्का अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठ समेत उपस्थित रहनुभएको थियो । छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो । यस शहरले एसियालाई युरोपसँग जोड्छ । सो अवसरमा राजदूत सोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताउनुभयो । मन्त्री किरातीले यस रुटबाट हिमालय एयरलाइन्सले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्राउने विश्वास लिनुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस