२०८१ साउन ६ गते आइतवार | 2024 July 21st Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिलुका गोप्य फुटेज भन्दै आए ‘ब्लाइण्ड डेट’ का डाइरेक्टर [ भिडियो ]

काठमाडौं । युट्युबमार्फत सार्वजनिक भएर युवा पुस्तामाझमा निकै चर्चा कमाएको कार्यक्रम ‘ब्लाइण्ड डेट’को पहिलो सिजनमा शिलु पोखरेल र गोल्डी भनिने किरण खाती विजेता बनेका थिए। उनीहरुले टाइटल जितेपछि बिबाहपनि गरे । त्यसपछि यो जोडी अष्ट्रेलिया गयो । अष्ट्रेलिया गएपछि उनीहरुको सम्वन्ध बिग्रिएको सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।

शिलुले नै अष्ट्रेलिया आएपछि गोल्डी परिवर्तन भएको र आफूसँगपनि नरहेको बताएकी छिन् । शिलुले ‘ब्लाइण्ड डेट’ का डाइरेक्टर रोशन दाहालले गोल्डीसँग पैसा लिएर अष्ट्रेलिया पठाउन नै आफूसँग बिबाहसम्मको प्रपञ्च रचेको शिलुले आरोप लगाइन् । त्यसपछि रिसले आगो भएका रोशनले शिलुले निराधार आरोप लगाएको भन्दै सोशल मिडियामा नै आक्रोश व्यक्त गरेका छन् ।

उनले निराधार आरोप लगाएको यदि मलाई बौलाहा बनाए नेपालका सीसीटीभीका फुटेज अष्ट्रेलिया पठाइदिने धम्की दिएका छन् । उनले नेपालमा हुँदा रेष्टरेण्टमा अनेक ठाउँमा भएका गोप्य फुटेजहरु सुरक्षित रहेको धम्की समेत दिएका छन् ।

 

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस