२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

महाराजगञ्जमा पूर्व आईजीको पीएसओकी पत्नी गोली लागेको अवस्थामा भेटिइन्

काठमाडौं । काठमाडौंको महाराजगञ्नमा पूर्व आईजीपी ध्रुब बहादुर प्रधानको सुरक्षामा खटिएका (पीएसओ) की पत्नी गोली लागेको अवस्थामा भेटिएकी छन् । प्रधानको पिएसओ लक्ष्मण चौधरीकी पत्नी सर्मिला चौधरी गोली लागेको अवस्थामा डेरामा भेटिएकी हुन् ।

काठमाडौं महानगरपालिका–४ पञ्चकन्या स्थित डेराबाट उनलाई उद्दार गरेर त्रिवि शिक्षण अस्पतालमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।

एसपी ढुंगेलका अनुसार सर्मिलाको कोखामा गोली लागेको छ । पीएसओले बोक्ने पेस्तोलबाट सर्मिला आफैंले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुँदा असई लक्ष्मण डेरामा थिएनन् । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापा नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । सर्मिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस