२०८३ असार ४ गते बिहिवार | 2026 June 18th Thursday

एक मात्र नेपाली डलर अर्बपति सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा

Binod Chaudhary

काठमाडौं,१० असोज । संघीय सांसद एवं उद्योगपति विनोद चौधरीको भारतको जयपुरस्थित कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको छ। चौधरीको त्यहाँस्थित सिजी फुड इन्डिया प्रालिमा आयकर विभागका अधिकारीले छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विभागले चौधरी ग्रुप सिजीको जयपुरमा रहेका तीन कम्पनीमा छापा मारेको हो। यतिमात्र नभइ दौसा र सिकरमा पनि विभागले छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आयकर विभागले पाएको गोप्य सूचनाका आधारमा उनको कम्पनीमा छापा मारिएको हो। यसपछि भारतका अन्य सहरमा रहेका उनका कम्पनीमा रेड सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यो कारवाहीको नेतृत्व गुवाहाटीका आयकर अधिकारीले गरेका हुन्। उनले सिजी फुड इन्डिया प्रालि र सिजीका त्यहाँस्थित अन्य कम्पनीको डकुमेन्ट लिएर अनुसन्धान थालेका छन्।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस