२०८२ माघ २ गते बिहिवार | 2026 January 15th Thursday

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

काठमाडौं, असोज ९ । इन्द्रजात्रा (यँया) पर्वबाट मंगलबारबाट सुरू भएको छ। काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

‘काठमाडौंको बसन्तपुर केन्द्रित, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वको राष्ट्रिय पर्वका क्रियाकलाप सुरू भइसकेका छन्, यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरू हिँडेर सञ्चालन गरिन्छन् । यसर्थ निम्न क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुहरूले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउनुहुन अनुरोध गर्दछौं,’ महानगरले सूचना जारी गर्दै भनेको छ।

बिहीबार (असोज ११ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेहुँदा ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताइएको छ।

शुक्रबार (असोज १२ गते) बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने छ। बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म असोज १५ गते रथयात्रा हुनेछ। यस दिन महिलाहरूले रथ तान्ने महानगरपालिकाले बताएको छ।

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस