२०८१ असोज २८ गते सोमवार | 2024 October 14th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चिरख्वा हाइड्रोपावरको आईपीओ मंगलबारदेखि : लागत बढेको सानो विद्युत् आयोजना

IPO Share

२३ असोज, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)को आवेदन खुलाउँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आवेदन खुलाउन लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको ८ लाख ५९ हजार ३०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यो आईपीओमा २३ देखि २६ असोजसम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँको ३० प्रतिशतले हुने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएर निष्कासन गरी बाडफाँट गरिसकेको छ । तर, आयोजना प्रभावितलाई छुट्याएको ४ लाख कित्तामध्ये १ लाख ९५ हजार ३०० कित्ता सेयर बिक्री नभएपछि उक्त सेयर थप गरी सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि स्वीकृति पाएको सेयरमध्ये स्थानीयलाई निष्कासन गरेपछि बाँकी रहेको ८ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुने ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ । यस्तै, कम्पनीले ४० हजार कित्ता सेयर सामूहिक लगानी कोष र १६ हजार कित्ता कर्मचारीलाई पनि बाँडफाँट गरिसकेको छ । यसरी बाँडफाँटपछि बाँकी रहेको ६ लाख ६४ हजार कित्ता सेयरमा स्थानीयले नकिनेको १ लाख ९५ हजार ३०० कित्ता थप गरी सार्वसाधारणलाई निष्कासन गर्न लागिएको हो ।

कम्पनीले निष्कासन गर्ने सेयर सर्वसाधारणले आवेदन नदिएको खण्डमा उक्त सेयर खरिद गर्ने प्रत्याभूति नागरिक लगानी कोषले गरेको छ ।

कस्तो छ कम्पनी ?

कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४.७ मेगावाट जडित क्षमताको चिरख्वाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ । उक्त लागतमा २०७७/७८ सम्मको सम्पत्तिहरूको ह्रासकट्टी गरिसकेपछिको रकमलाई कुल लागतमा देखाइएको कम्पनीले जनाएको छ ।

विद्युत खरिद सम्झौता गर्दाको बखत अनुमान गरिएको आयोजनाको लागत ९१ करोड १२० रुपैयाँ मात्रै भए पनि कोरोनाले २ वर्ष लगातार काम गर्न नपाएको, आयोजनाको निर्माण समय बढेको, वर्षातको समयमा निर्माण सामाग्री आयोजना स्थलमा ढुवानी गर्न नसकिएको तथा वषर्ातको समयमा काम नभएको र रसिया र युक्रेनको युद्धले निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धि भएको कारणले गर्दा लागत बढेको कम्पनीको दाबी छ । आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि १० फागुन २१०८ सम्म रहनेछ । कम्पनीको सेयर पुँजीमा साधारण लगानी फिर्ता ७.३९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ ।

 

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस