२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अर्कैसँग प्रेम परेपछि लिभिङ टुगेदरमा बसेका ६८ वर्षीय वकिल भोजबहादुर छोड्न बलात्कार मुद्धा

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका ६८ वर्षे कानून व्यवसायी भोजबहादुर केसीले जाहेरवालासँग आफू लिभिङ टुगेदरमा रहेको दाबी गरेका छन् । सरकारी वकिलसँगको बयानमा केसीले श्रीमतीको मृत्यु भएपछि लमीमार्फत चिनजान भएकी जाहेरवालालाई आफूले कोठा खोजेर थानकोटमा राखेको बताएका छन् । जाहेरवालाले भनेअनुसारको काम नगरेकाले आफूविरुद्ध बलात्कारको आरोप लगाएको केसीको दाबी छ ।

केसीका अनुसार तीन वर्षअघि एक राष्ट्रिय दैनिकमा आफूले बुढेसकालको सहाराका लागि ४०–४५ वर्षको महिला विवाहित चाहिएको छ भनेर विज्ञापन हालेको बताएका छन् । त्यसपछि विनोद चन्द नाम गरेका लमीले आफूलाई सम्पर्क गरी जाहेरवालासँग भेटाएको उनको बयान छ ।

श्रीमान्‌को मृत्यु भइसकेकी जाहेरवालासँग सबै कुरा मिलाएर विवाह गर्ने सर्तसहित थानकोटमा आफैँले डेरा खोजेर उनको एक सन्तानको समेत लालनपालन गर्दै आएको केसीको दाबी छ । यता जाहेरवालाले पनि जाहेरीमा चन्दमार्फत केसीसँग भेट भएको र उनैले कोठा खोज्नसम्म सहयोग गरेको उल्लेख गरेकी छिन् । भविष्यमा मन मिलेमा विवाह गर्ने सर्त आफूले राखेको र कोठामा दिउँसोको समयमा कहिलेकहीँ आउने गरेको स्वीकारेकी छिन्।

बानी व्यहोरा मन परेमा विवाह गर्ने आफ्नो सोच रहेको भएपनि विस्तारै प्रतिवादी मन नपरेकाले आफू उनीसँग विवाह नगर्ने मनस्थितिमा पुगेको उनले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । केसीले शारीरिक र मानसिक यातना दिनुका साथै जबर्जस्ती शारीरिक सम्बन्ध राखेको जाहेरवालाको आरोप छ । यता केसीले ६ महिनाअघि जाहेरवाला अन्य व्यक्तिहरूसँग पनि प्रेम सम्बन्धमा रहेको थाहा पाएकाले बारम्बार सम्झाउँदा पनि नमानेको र नमानेपछि आफूले दिएका सबै गरगहना फिर्ता मागेको बयान दिएका छन् ।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस