२०८१ असार ३१ गते आइतवार | 2024 July 14th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल नआउने भए राष्ट्रसंघ महासचिव

UN Secretary General Antonio Guterres Nepal Visit

२३ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा लडाकु समूह हमासले आक्रमण गरेपछि पश्चिम एसियमा सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । महासचिव गुटरेस नेपाल हुँदै चीन जाने पूर्व निर्धारित कार्यसूची रहेकामा त्यो पनि हाललाई रोकिएको छ ।

‘उहाँको छिट्टै भ्रमण हुनेछ । हाललाई स्थगित भएको छ’ परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने तय भएको थियो । तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् । केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस