२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भुपेन्द्र र परीक्षाको साउथ इन्डियन स्टाइलको रोमान्समा ‘लुकी लुकी’ सार्वजनिक [ भिडिओसहित ]

Luki Luki Tanka Budhathoki Melina Rai Bhupendra Tumbahangphe Parikshya Limbu Nepali Song

दमक । छायांकार तथा निर्देशकको रुपमा नाम कमाएका भुपेन्द्र तुम्बाहाङफे अभिनय तथा नृत्यमा समेत उत्तिकै

पारङ्गत छन्। बेला–बेला अभिनय समेत गर्ने भुपेन्द्र तुम्बाहाङफे र मोडल परीक्षा लिम्बूद्वारा अभिनित गीत
‘लुकी लुकी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार गणेश थक्लुङको शब्द, गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक बुढाथोकी र गायिका मेलिना
राईको आवाज रहेको गीतको म्युजिक भिडिओमा साउथ इन्डियन स्टाइलको रोमान्सले भरिएको डान्स तथा रोचक
कथा समेत समाबेश गरिएको छ। दिवस गिरीको कोरीयोग्राफी रहेको भिडिओलाई मज्जाको राईले छायांकन गरेका
हुन् भने सम्पादन अनिल रानाले गरेका छन् ।

सञ्जु थलङको मेकअप, किरण न्यौपानेको सहायक छायांकन र खगेन्द्र वजी लिम्बूको आर्ट प्रडक्शन रहेको भिडिओ
गणेश थक्लुङ र कृष्ण गुरुङको निर्माणमा बनेको हो । थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो थैली
इन्टरटेन्मेन्टको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियो

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस