२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भैरहवा मेडिकल कलेजका विद्यार्थीले महिला प्रिन्सिपल थुन्नुको कारण यस्तो रहेछ !

Students of Bhairahawa Medical College detained the Principal

रुपन्देही । रुपन्देहीको भैरहवास्थिति युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरूले प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई थुनेका छन् । क्याम्पसमा प्रिन्सिपलले अनावश्यक टर्चर दिने गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् भने क्याम्पस प्रमुखले ड्रेस कोर्ड अनिवार्य बनाएपछि विद्यार्थीले यस्तो गरेको जनाएकी छन् । आन्दोलनरत विद्यार्थीहरुले एक महिनाअघि मात्रै नियुक्त भएकी प्रिन्सिपल पाठकको राजीनामा माग गरेका छन् । उनले नियुक्त भएसँगै सबै विद्यार्थीहरुलाई ड्रेसकोर्ड अनिवार्य बनाएपछि कलेजमा सामान्य एप्रोन लगाएर आउने र निस्कने विद्यार्थीहरु आक्रोशित भएका थिए ।

प्रिन्सिपल भएर आएपछि विद्यार्थीहरूलाई अनावश्यक मानसिक र शारीरिक यातना दिने गरेको विद्यार्थीहरूको आरोप छ । जसले गर्दा उनीहरूले प्रिन्सिपलको राजीनामा माग गर्दै आएका हुन् । तर प्रिन्सिपल पाठकले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूले आफूलाई बन्धक बनाएको आरोप लगाएकी थिइन् । विद्यार्थीहरूले क्याम्पसमा रातदिन नाराबाजी गर्न थालेपछि उनले सोमबार स्टाटस लेख्दै ‘मलाई बिहान ९ः३० बजेदेखि खाना पानी विना र रेष्टरूमबिना कलेजको अफिसमै रोकेर नाराबाजी गरी राखेका छन् । मलाई मानसिक तनाव पनि दिएका छन् । म यहाँबाट निस्किन चाहन्छु । अहिले त मेरै अफिसको ढोकानिर नै उभिएका छन् । यो अराजक भीडबाट मलाई निकाल्नुहोस् । निड हेल्प, ’ भनेकी थिइन् ।

यो विषयमा विद्यार्थीहरूले कसैले पनि बन्धक नबनाएको आफैंले सामाजिक सञ्जालमा त्यस्तो लेखेको बताएका छन् । विद्यार्थीले उठान गरेका सामान्य समस्या समाधान गर्नुको साटो सामाजिक सञ्जालमार्फत सहयोग चाहियो भन्दै कराउने गरेको विद्यार्थीहरूको आरोप छ । प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । सुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका हुन् ।

चौथो, पाँचौं र इन्टर्नसिप गर्दै आएका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टनसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गरेका छन् । केही दिनदेखि युनिफर्मको नाममा क्याम्पसले विद्यार्थीहरूलाई दमन र मानसिक यातना दिँदै आएको आरोप लगाएका छन् । प्रिन्सिपल भएर आएसँगै पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र १ वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । उक्त नियमले पहिलादेखि नै धेरै लगानी गरिसकेका विद्यार्थीहरूलाई थप व्ययभार पर्ने भन्दै उक्त ड्रेसकोट अस्वीकार गर्दै आएका छन् । यो विषयमा कुरा बुझ्न खोज्दा प्रिन्सिपल पाठकले फोन सम्पर्कमा आइनन् । कलेजका जनसम्पर्क अधिकृत शुशील गुरुङले समस्या समाधानका लागि विद्यार्थीसँग छलफलको प्रयास भएपनि कुनै टुंगो नलागेको बताए । कलेजमा ड्रेसको पहिचान बनाउनु नराम्रो कुरा थिएन, कलेजले एकेडेमिक कोर्डका लागि पहिचान दिन यसो गर्न लागेको हो तर विद्यार्थीको असहमति भयो खै किन हो ? वार्तामा प्रिन्सिपल सबै विद्यार्थीको अगाडि आउनुपर्छ भन्नुहुन्छ, हामीले प्रतिनिधिमूलक बसौं भनेर पहल गरेका छौं, एक महिना अघि सूचना निकालेर भनिएको थियो’ उनले भने । यो कलेजमा विभिन्न तह र विषयमा करिब १७ सय विद्यार्थी रहेका छन् । अहिले यो आन्दोलनमा एमबीबीएस र बीडीएसका विद्यार्थी आन्दोलनमा छन् ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस