२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलबाट फर्किदा अभिभावक जस्तै विमानस्थलमा विद्यार्थी कुरिरहेका नगर प्रमुख

२६ असोज, काठमाडौं । इजरायलबाट नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा आगमन कक्षमा आफ्नै अभिभावक जस्तै कृष्णपुर नगरपालिका कञ्चनपुरका नगरप्रमुख हेमराज ओझा पर्खिरहेका थिए । खादा र माला हातमा बोकेर बेग्र प्रतिक्षामा रहेका उनी सुदूरपश्चिम विश्वविद्यालय टीकापुरमा अध्ययनरत आफ्नो पालिकाका तीन जना विद्यार्थीलाई स्वागत गर्न आत्तुर थिए । उनी देख्नेबित्तिकै खुशीले मुस्कुराए ।

विमानस्थलका सुरक्षाकर्मीसँग अनुरोध गरेर एराइभल कक्षभित्रै पुगेर उनले क्रमशः तीनैजनालाई अंकमाल गरेर खादा लगाइदिए । ‘आफ्नै पालिकाका भाइहरू पनि परेका छन् भनेपछि घटना भएकै दिन फर्किने योजनालाई क्यान्सिल गरेर यतै बसिरहें । उनीहरू सुरक्षित छन् भने पनि युद्ध भइरहेको ठाउँमा केही नराम्रो होला कि भन्ने चिन्ता लागिरहृयो’, नगरप्रमुख ओझाले भने, ‘परराष्ट्रमन्त्री हाम्रै क्षेत्रको हुनुभएकाले उहाँसँग पनि सोधपुछ गरिरहें । मलाई जत्तिकै चिन्ता उहाँलाई पनि थियो । नियमित कुरा भएकाले धेरै ‘रिस्क’ छैन भन्ने थाहा पाएको थिएँ ।’

सुदूरपश्मि विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत अन्य विद्यार्थीसँगै कृष्णपुर नगरपालिकाका तीनजना पदम धामी, रमेश बहादुर कार्की र नितिन भण्डारी पनि परेका थिए । नगर प्रमुख ओझाले उनीहरूको अवस्थाबारे काठमाडौंमा बसेर निरन्तर जानकारी लिने र परिवारलाई शान्त्वना दिने काम गरिरहे । अहिले उनले आफूसँगै लिएर घर जाँदैछन् । उनीहरुका अभिभावक काठमाडौं आउन सकेनन् । तर उनी यतै रहेका बेला अस्ति नै जाने तालिका भएपनि आफ्ना नगर बासिन्दा सँगै लिएर जाने भनेर पर्खिएका थिए । इजरायलबाट फर्किंदा नगरप्रमुखले गरिरहेको प्रतिक्षा र आफू संकटमा परेको बेलामा दिएको चासोले उनीहरूलाई गुन लगाएको स्पष्टै देखिन्थ्यो ।

 

 

 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस