२०८१ साउन १ गते मङ्गलवार | 2024 July 16th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खोटाङमा मोबाइलमा अश्लिल भिडियो देखाएर पाँच वर्षीया बालिका बलात्कृत, दुई दिनसम्म रक्तश्राव रोकिएन

Pakrau arrested

सोलुखुम्बु । खोटाङमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । शनिबार घर नजिकै रहेको आफन्तको घरमा खेल्न गएको बेला जिल्लाको जन्तेढुंगा गाउँपालिकाकी एक बालिका बलात्कृत भएको पारिवारिक श्रोतले जनाएको छ ।

मोबाइलमा अश्लिल भिडियो देखाएर बालिका बलात्कृत गर्ने जन्तेढुंगा गाउँपालिका ६ दिप्लुङका ट्वाँके माईला भनिने २४ वर्षीय राजु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक टिका बरालले जानकारी दिए ।

उनका अनुसार घटनापछि भागेर लुकिछिपि बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको हो । बलात्कृत बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ । बालिकालाई योनीबाट निरन्तर रक्तश्राव भइरहेको अवस्थामा उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रले प्राथमिक उपचार गरेर अन्यत्र रेफर गरेपछि बालिकालाई रातारात उदयपुर लगिएको दिप्लुङका वडाध्यक्ष सागर राईले बताए ।

बालिका चिच्याएपछि आफन्तले घटनाका बारेमा जानकारी पाएका थिए । अस्पताल पु¥याएपछि बालिकाको रक्तश्राव रोकिएको प्रहरीले जनाएको छ । अभियुक्त पक्राउका लागि इलाका प्रहरी कार्यालय चिसापानीबाट असईको नेतृत्वमा प्रहरी खटिएको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस