२०८१ असार ३१ गते आइतवार | 2024 July 14th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुई किशोरले बैंकको एटिएमबाट निकाल्नासाथ एक लाख र मोबाइल लिएर भागे

दाङ, २ कात्तिक । तुलसीपुर उपमहानगरपालिका-९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने १७ वर्षीय दिनेश वलीले माछापुछ्रे बैंकको एटिएमबाट नगद १ लाख रुपैयाँ निकाली घरतर्फ जाँदै गरेको अवस्थामा अपरिचित मानिसहरुले उनको साथमा रहेको नगद र मोबाइल लुटिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र मोबाइलसहित सोही उपमहानगरपालिका-१० राईखल्यानमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी
महालक्ष्मी नगरपालिका-५ टिकाथली राधाकृष्ण चोक डेरा गरी बस्ने सिन्धुली घर भएका ३३ वर्षीय विश्व क्रान्ति भण्डारीको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताला फोडी विभिन्न सुन तथा चाँदीका गहना र ल्यापटप गरी करिब १ लाख २ हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस