२०८१ माघ ९ गते बुधवार | 2025 January 22nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत–पाक खेलमा स्विगीसँग ३५०९ जनाले मागे कण्डम, कण्डम निर्माता कम्पनीको झनै रोचक प्रतिक्रिया

swiggy received 3509 condom orders during india pakistan match

नयाँ दिल्ली । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारत–पाकिस्तान विश्वकप खेल हेर्न १ लाखभन्दा बढी मानिस आएका थिए । रोमाञ्चक खेलमा भारतले पाकिस्तानसँग लज्जास्पद हार बेहोरेको थियो ।

खेलको क्रममा भएका अनौठा किस्साहरु अहिले बाहिर आइरहेका छन् । खेल सकिएपछि अनलाइन खाना वितरण प्लेटफर्म स्विगीसँग ३५०९ जनाले कन्डमहरूको अर्डर गरेको खुलेको छ । स्विगी आफैले ट्विटरमा यसको जानकारी दिएको छ । स्विगीले ट्वीटरमा लेखेको छ, ३५०९ कण्डमको अर्डर गरिएको छ। स्विगीको यो पोस्टमा प्रयोगकर्ताहरूले हास्यास्पद कमेन्ट गरेका छन् ।

स्विगीको यो पोस्टमा एक प्रयोगकर्ताले लेखेका छन्, कम्तीमा भारतले उत्कृष्ट खेलेको छ । उनीहरूले पाकिस्तान जस्तो आत्मसमर्पण गरेन । यो रमाइलोको क्षणमा यो सबै सामान्य हो । प्रमुख कण्डम निर्माता ड्युरेक्स इन्डियाले पनि स्विगीको यो पोस्टमा कमेन्ट गरेको छ । ड्युरेक्स इन्डियाले लेख्यो, हामी आशा गर्छौं कि सबै ३५०९ ले नै स्मरणीय प्रदर्शनका साथ समाप्त गरे ।

प्रति मिनेट २५० बिरयानी अर्डर

कन्डम मात्र होइन, मानिसहरूले म्याचको दौरान प्रशस्त मात्रामा बिरयानी अर्डर गरेका थिए । स्विगीले शनिबार भारत र पाकिस्तानबीचको खेलमा प्रति मिनेट २५० भन्दा बढी बिरयानी अर्डर प्राप्त गरेको बताएको थियो ।

खेल सुरु भएदेखि नै स्विगीमा प्रति मिनेट २५० बिरयानी अर्डर गरिएको थियो। कम्पनीले भन्यो, ‘चण्डीगढको एक परिवारले एकैपटक ७० वटा बिरयानी अर्डर गरेर अचम्वित पारेको थियो । यस्तो देखिन्छ कि उनीहरू यो समय उत्सव मनाइरहेका थिए। केहि प्रयोगकर्ताहरूले स्विगीको यो पोस्टमा कमेन्टमा छुट कोडहरू मागेको पनि देखियो।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस