२०८१ असार ३१ गते आइतवार | 2024 July 14th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महिला चर्पी पसेका बेला १२ फिट लामो साप ठडिएपछि जे भयो ! [ भिडियोसहित ]

काठमाडौं । सर्प देखेर मात्रपनि धेरैको आत्मा काँप्छ। हामी सबै सर्पबाट टाढा रहन चाहन्छौं । किनभने केही सर्पहरू यति विषालु हुन्छन् कि एउटा डसाइले ज्यानसमेत जान सक्छ। तर के तपाईले कहिल्यै शौचालय भित्रबाट सर्प निस्केको देख्नुभएको छ ? हेर्नु भएको छैन भने यो भिडियो हेर्नुहोस, जसले जो कोही मानिसहरुलाई डराएको छ ।

कतिपय सर्प धेरै खतरनाक हुन्छन्। सर्पका एक झलकले मानिसको मुटुको धड्कन बढाउँछ। एक जना मानिसको शौचालय विशाल सर्पले भरिएको भेटियो । कल्पना गर्नुहोस्। सायद यो तपाईको घरमा भएको भए । कुरा थाइल्याण्डको हो । जहाँ यही महिनामा सुवी परमास नामकी महिलाको घरको शौचालयबाट १२ फिट लामो साप निकालिएको थियो । सर्पलाई निक्कै सावधानीपूर्वक शौचालयबाट निकालेर सुरक्षित रूपमा जंगलमा छाडियो । घटनाको भिडियो भाइरल भइरहेको छ ।

पूरा घटना बारे जान्नुहोस्
रिपोर्टका अनुसार समुत प्राकान सहरमा बस्ने एक महिलाले शौचालय प्रयोग गरेर हात धुँदै गर्दा उनको आँखा शौचालय तर्फ गयो । जसमा सर्पको टाउको ठडिएको थियो । सुरुमा त उनी छक्क परिन् । केही बेरसम्म उसलाई अब के गर्ने अत्तो भएन । आत्तिएर एकछिन उनी टोलाइछिन् ।

त्यसपछि ठूलो स्वरले चिच्याइन् । घरमा रहेका उनका श्रीमान् र जेठाजु तुरुन्तै आइपुगे र सर्प देख्नेबित्तिकै आकस्मिक सेवामा फोन गरे । यो डरलाग्दो घटनाको भिडियो माइक्रोब्लगिङ साइट एक्स (X) मा The Dodo (@dodo) नामको ह्यान्डलमा पोस्ट गरिएको थियो। उनले क्याप्सनमा लेखेका छन् कि १२ फिट लामो सापले कसैको शौचालयबाट टाउको निकालेको छ । समाचार तयार पार्दासम्म उक्त क्लिपलाई ४ लाख ४५ हजारभन्दा बढीले हेरेका छन् भने १८ सयभन्दा बढीले लाइक गरेका छन् ।

सर्प हटाउन ठूलो प्रयास
फोन आएपछि वन्यजन्तु टोली तुरुन्तै घटनास्थलमा पुगेर उपकरणको सहायताले सर्पलाई हटाउने प्रयास गर्न थाले । तर चाँडै त्यसलाई निकाल्न सकिएन । किनकी पाइपमा सर्प नराम्ररी अड्किएको थियो । साप यति ठूलो थियो कि यसलाई एकै पटक बाहिर निकाल्न गाह्रो थियो। त्यसैले उनीहरूले सावधानीपूर्वक शौचालयको माथीको भाग निकाले । त्यसपछि तलको पाइनपबाट साप निकाले । टोलीले साप नाप्यो ।

त्यो १२ फिट लामो थियो। सापलाई उद्धार गरेपछि सकुशल जंगलमा छाडिएको थियो । तर, कसैको शौचालयबाट सर्प निस्किएको यो पहिलो पटक भने होइन । यसअघि पनि यस्ता घटना सामाजिक सञ्जालमा भाइरल भएका छन् । तर यो अति विशाल थियो ।

अचम्म लाग्ने भिडियो यहाँ हेर्नुहोस्

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस