२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बुटवल-पाल्पा केबलकारमा कामाख्या भगवतीमा पुगे भारतको प्रशिद्ध पतञ्जली अध्यक्ष आचार्य बालकृष्ण

Butwal-Palpa Cable Car Kamakhya Bhagavatima reaches India Famous Patanjali President Acharya Balkrishna

काठमाडौं । भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन्।

आज बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले भने, ‘नेपालका कुनैपनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुइ देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ ।’

रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर जोड्ने लुम्बिनी केबलकारमार्फत् आज बिहान बसन्तपुर पुगेका उनले त्यहाँस्थित कामाख्या भगवतीको पूजाअर्चना गरेका थिए।

पूजाआजापछि नेपाल र भारतका पत्रकारसँगको अन्तरक्रियामा उनले प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज र उत्कृष्ट गन्तव्य रहेको बताए। धेरै जनसंख्या रहेकाे भारतबाट नेपालले यस्ता क्षेत्रमा धेरै लाभ लिने उनकाे भनाई छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस