२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

ज्ञानु दाई भन्छन् सन्दीप लामिछाने, जोरा, झा ‘देशकै भाग्य हुन्’ [विश्वले हेर्न लायक ५ तस्बिर]

sandeep lamichhane is the destiny of the country -gyanendra malla

काठमाडौं । नेपाली क्रिकेटको स्वर्णिम टोली भनिएको राष्ट्रिय टोली (जसले टी–२० विश्वकप खेलेको थियो) का पाँच मुख्य खेलाडीमा पारस खड्का, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी सँगै ज्ञानेन्द्र मल्लको नाम आँउछ। ज्ञानेन्द्र लामो समय कप्तान पारसको भरपर्दो उपकप्तानको भूमिकामा रहे।’

नेपाली क्रिकेटले एकपछि अर्को सफलताको तहल्का मच्चाइरहँदा उनले अहम् सदस्यको भूमिका निर्वाह गरिरहे। ज्ञानेन्द्र मल्ललाई सबैले प्रेमपूर्वक (ज्ञानु दाई) भन्छन् । उनै ज्ञानु दाईले आज नेपाल र सिंगापुरबीचको खेलपछि नेपालका तीन खेलाडीको खुलेर प्रसंशा गरेका छन् । उनले आज सन्दीप लामिछानेले कठोर साझोदार चकनाचुर बनाएको र सन्दीप जोरा एवं गुल्सन झाको क्याच विकेट विश्वलाई देखाउने दृष्य र तस्बिर भएको बताएका छन् । नेपालका लागि सन्दीप लामिछाने त बरदान नै हुन् भन्दै खुलेर प्रसंशा गरे । उनले यी खेलाडी देशकै भाग्य हुन् । टर्निङ पोइन्ट हुन् । भनेका छन् । आजका ती विश्वले हेर्न लायक तस्बिरहरु हामीले यहाँ राखेका छौं ।’

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस