२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

ब्रह्मायणी जात्रा सुरु, बिहानैदेखि हजाराैंको भीड

Brahmayani Jatra begins crowd of thousands from early morning

काठमाडौं । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै हजारौ दर्शनार्थीको भीड लागेको छ। नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डु लगायत काभ्रे, ललितपुर र काठमाडौदेखिका भक्तजन आउने गर्दछन्। मन्दिरमा पुजा सामग्रीसहित जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ।

आजका दिन व्रत बसेका व्यक्ति बिहानै घरदेखि मन्दिरसम्म घस्रिंदै, पल्टिंदै र शरीरमा पाँच, सात र १८ वटा दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने प्रचलन छ। शरीरमा दीप बालेर र नमस्कार गर्दै घरदेखि मन्दिरसम्म शरीर नापेर जानेको लस्कर लागेको छ। यसो गरेमा मनोका पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ। मन्दिरमा आज दिनभरि नै भव्य मेला लाग्ने गर्दछ।

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस