२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

उद्योग मन्त्रालयका सचिवविरुद्ध भ्रष्टाचार मुद्दा, २३ करोड रुपैयाँ बिगो दाबी

Corruption case against Secretary of Ministry of Industry

काठमाडौँ, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

६ वर्षअघि खरिद भएको नेशनल पेमेण्ट गेटवे एनपीजी अहिलेसम्म प्रयोगमा आउन नसकेको अवस्थामा अख्तियारले मरासिनीसहितका सरकारी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।
एनपीजी खरिद गरिँदा आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएको अख्तियारले जनाएको छ।

एनपीजी २५ करोडमा खरिद गरी गराई सरकारको सम्पत्ति गैरकानुनी रुपमा हानी नोक्सानी तथा दुरुपयोग गरेको भन्ने उजुरीपछि अनुसन्धान सकेर अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले सचिव मरासिनीसहित १० जनाविरुद्ध विशेष अदालतमा दायर गरेको हो। यो मुद्दामा अख्तियारले सचिव मरासिनीिविरुद्ध मात्रै २३ करोड रुपैयाँ बिगो दाबी गरेको छ।
अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्र ९एनआईटीसी० का तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा उक्त हिनामिना भएको पनि ठहर गरेको छ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस