२०८२ असार २८ गते शनिवार | 2025 July 12th Saturday

राष्ट्रिय गान गलत भएको छन्द गायनकी महारथी लोचन भट्टराईको दावी [भिडिओ]

Lochan Bhattarai's claim that the National Anthem Is Wrong

काठमाडौं । नेपाली राष्ट्रिय गानको गायन गलत भएको छन्द गायनकी महारथी लोचन भट्टराईको दावी छ । ‘

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा छन्द गायनकी पहिलो दर्जाकी गायिका लोचनले सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भन्ने सुरुको शब्द छन्दमा उच्चारण देखि नै गलत रहेको दावी गरिन् ।’

२०४४ सालमा आधुनिक गीततर्फ प्रथम भएपछि निर्माण भएको लोचन भट्टराईको परिचय भने आधुनिक गायिका नै हो । यस अर्थमा पनि उनका आधुनिक गीत नै धेरै छन् ।’

तर, जब २०५४ सालमा म्युजिक नेपालले भानुभक्तीय रामायणलाई छन्दमा वाचन गराउने काममा उनले धेरै श्लोक वाचन गरिन् । त्यसपछि उनी लगभग नेपालकी छन्द गायनकी महारथी नै भन्दा फरक पर्दैन । लामो समय गीत गाउँदै जाँदा जुन सुकै भाषामा गीत गाए पनि भाषागत रुपमा ठीक काम गरेका छौँ कि छैनौं भन्ने खोज्ने कार्यमापनि लोचन तल्लिन रहिन् । यसले छन्दलाई संगीतमा जोड्दै उनको अर्कै परिचय निर्माण भयो छन्द गायिका लोचन भट्टराई ।’

आधुनिक त छँदैछ, २०४८ सालमा साँस्कृतिक संस्थानमा जागिर भएपछि सोरठी, तामाङ सेलो, झ्याउरे, चर्या लगायतका विविध साँस्कृतिक गीत गाए पनि पछिल्लो समय भने उनलाई छन्दको लत नै बसेको छ अर्थात् तानेको छ । छन्दको शीरमा बसेको व्यक्तिले बोलेको यो के असत्य हुन सक्छ ? भिडिओ सुन्नुहोस् / हेर्नुहोस् ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस