२०८१ साउन ३ गते बिहिवार | 2024 July 18th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटकलाई प्राधिकरणको जवाफ : निर्णय कार्यान्वयन गर्न सघाउनु

काठमाडौं । टिकटकलाई नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको निर्णय अनुसार नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सघाउन आफूहरूले टिकटकलाई अनुरोध गरेको जानकारी दिनुभयो । यसअघि टिकटकका दक्षिण एशियाको पब्लिक पोलिसी र सरकारसँगको सम्बन्ध हेर्ने अधिकारीले उक्त टिकटकमाथि लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएका थिए ।

नेपालमा एउटा ठूलो जमातमाझ लोकप्रिय रहेको टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी कदमको कैयौँ सत्तापक्षकै नेताहरूले विरोध गरिरहेका छन् । यो विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । दूरसञ्चार प्राधिकरणले शुक्रवार टिकटकलाई पठाएको पत्रमा सामाजिक वातावरणमा नकारात्मक प्रभाव पारिरहेको र सामाजिक सद्भावमा क्षति पुर्‍याइरहेको निष्कर्ष निकाल्दै सरकारले नेपालभित्र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको उल्लेख छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस