२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

कति दिन प्रधानमन्त्री रहन्छु भन्ने कुरा मुख्य होइन : प्रधानमन्त्री प्रचण्ड

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कति दिन सरकार रहन्छ भन्ने मुख्य कुरा नभएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीको अवधि महत्वपूर्ण नभइ मुख्य कुरा जनताको काम भएको बताएका हुन् ।

‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो,’ उनले थपे, ‘हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो ।’ उनले सरकारबाट अहिले नयाँ आन्दोलनको सुुरुवात गरेको र अझै नयाँ आन्दोलनको सुरुवात गर्ने बताए ।

राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताउँदै उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए । प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ कि भन्ने आशाको सञ्चार सुरु भएको बताए । यसैबेला सरकार ढाल्ने प्रयत्न भएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस