२०८२ मङ्सिर २८ गते शनिवार | 2025 December 13th Saturday

गगनलाई ज्ञानेन्द्र शाहीको विशेष सुझाव: घरमा बाबु आमा र देशमा राजाको सम्मान गर्न सिक्नुहोस्

काठमाडौं । राप्रपा नेता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राजाको सम्मान गर्न सुझाव दिएका छन् । आफूहरूले राष्ट्रपति व्यवस्था नमाने पनि उत्तिकै सम्मान गर्ने बताउँदै शाहीले सो कुरा बताएका हुन् ।

शाहीले भने, ’तपाईंले घरमा बाबु आमा र देशमा राजाको सम्मान गर्न सिक्नुहोस् । आज हामी राष्ट्रपति व्यवस्था नमाने पनि उतिकै सम्मान गर्छौँ ।’ थापाले गुल्मीमा राजालाई चुनाव लड्न चुनौती दिएकोमा उनले आक्रोश व्यक्त गरे । साथै आफूहरू थापाको चुनौती सामना गर्न तयार रहेको जिकिर समेत गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज काङ्ग्रेसका महामन्त्री एवम् अमेरिकी परियोजना एमसीसी पास गर्ने मुख्य पात्र मध्य एउटा पात्रले गुल्मीमा पुगेर राजा लाई चुनाव लड्ने चुनौती दिनु भएछ राजालाई चुनौती दिन पर्दैन हजुर तपाईंको चुनौतीको सामना गर्न हामी तयार छौ । र सामना गरेका पनि हौ । एक चोटि स्मरण गर्नुहोस यही चुनावमा रुपहेन्दीमा तपाईंका तत्कालीन गृहमन्त्री एवम् काङ्ग्रेसका शीर्ष नेताको राप्रपासँगको पराजय अनि नवलपरासीमा तपाईंकै नेता एवम् पूर्व गृह, राज्यमन्त्रीको पराजय अब भन्नुहोस् कुन ठाउँ कता बाट आउने चुनाव लड्ने हो हामी तयार छौ।।

भारतको दिल्लीमा अमेरिकन र युरोपियन युनियनको सहयोगमा १२ बुँदे दिल्ली सम्झौता ले ल्याएको विदेशी व्यवस्था ढल्दै गएपछि तपाईंका मालिक आत्तिएपछि तपाईं दिउसै बरबराउनु स्वभाविक हो हामीले यसलाई सामान्य रूपमा लिएका छौँ । तपाईंले घरमा बाबु आमा र देशमा राजाको सम्मान गर्न सिक्नुहोस् आज हामी राष्ट्रपति ब्याबस्था नमाने पनि उतिकै सम्मान गर्छौँ ।’

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस