२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत र रुसबीच कुडनकुलम परमाणु ऊर्जा संयन्त्रमा सम्झौता

Agreement between India and Russia on Kudankulam Nuclear Power Plant

११ पुस, काठमाडौं । भारतको तमिलनाडुमा निर्माण गरिएको कुडनकुलम परमाणु ऊर्जा संयन्त्रको क्षमता वृद्धिमा रुसले सहयोग गर्ने भएको छ । यससँग सम्बन्धित सम्झौतामा दुई देशबीच हस्ताक्षर पनि भएको छ । रुस भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे जानकारी दिएका हुन् ।

पाँच दिने रुस भ्रमणमा रहेका जयशंकरले रुसका उपप्रधानमन्त्री डेनिस मन्तुरोफसँग भएको भेटवार्तापछि भारतीय नागरिकहरुलाई मंगलबार सम्बोधन गर्दै भने, ‘आज उप्रधानमन्त्री मन्तुरोवको उपस्थितिमा भएको बैठकमा कुडनकुलम परमाणु परियोजनासँग सम्बन्धित धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।’

भारतको सबैभन्दा ठूलो कुडनकुल परमाणु ऊर्जा संयन्त्र रुसको प्राविधिक सहयोगमा तमिलनाडुमा बनाइँदै छ । त्यसको कन्स्ट्रक्सनको काम मार्च २००२ देखि सुरु भएको थियो । फेब्रुअरी २०१६ देखि कुडनकुलम पावर प्लान्टबाट १ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ । सन् २०२७ भित्र यो प्लान्ट पूर्ण क्षमतामा सन्चालन हुने बताइएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय नागरिकहरुको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रुसलाई रक्षा, परमाणु ऊर्जा र अन्तरिक्ष क्षेत्रमा भारतको विशेष साझेदार मुलुक भएको बताए ।

 

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस