२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रिकेट खेल्दाखेल्दै हृदयघातबाट मृत्यु

Heart Attack

काठमाडौं । क्रिकेट खेल्दाखेल्दै हृदयघातबाट मृत्यु भएको खबरले खेल जगत स्तब्ध बनेको छ । भारतको मध्य प्रदेशस्थित खरगोन जिल्लामा क्रिकेट खेल्ने क्रममा एक युवकको हृदयाघातपछि मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार २२ वर्षीय युवा खेलाडी इन्दल सिंह जाधवको मृत्यु भएको हो । खेलको क्रममा बलिङ गर्दागर्दै उनले असहज महसुस गरेका थिए भने उपचारका लागि लैजाँदा बाटैमा मृत्यु भएको हो । स्थानीय अस्पतालका डाक्टर विकास तलवाडेका अनुसार ती युवकलाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो । युवकको हृदयाघातका कारण मृत्यु भएको र पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको चिकित्सकले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार इन्डालले म्याचको क्रममा छाती दुखेको बताएका थिए र त्यसपछि उनी रुखमुनि केहीबेर आराम गरेर बसेका थिए ।जब खेल समाप्त भयो, इन्डालले आफ्ना सहकर्मी खेलाडीहरूलाई अस्पतालमा लैजान आग्रह गरेका थिए। तर अस्पताल नपुग्दै इन्डालको बाटैमा मृत्यु भएको हो ।

 

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस