२०८२ साउन ३ गते शुक्रवार | 2025 July 18th Friday

ट्विंकलले ह्यान्डब्याग नभए प्लास्टिक झोलाले काम चल्छ पुरुष त्यही हो भनेपछि कंगना रनौत खनिइन्

kangana ranaut twinkle khanna

नयाँ दिल्ली । अभिनेत्री कंगना रनौत आफ्नो स्पष्टवक्ता र बयानका कारण अक्सर चर्चामा रहन्छिन् । उनी बलिउड नगरदेखि राजनीतिको दुनियाँसम्मका हरेक मुद्दामा खुलेर बोल्ने गर्छिन् । अभिनेत्री प्रायः नातावादका बारेमा खुलेर आफ्ना धारणा राख्छिन् । यस पटक कंगना ट्विंकल खन्नामाथी खनिएकी छिन् । उनको भाई–भतिजावादको दावीमा आलोचना गरेकी छिन्।

कंगना रनौतले ट्विंकल खन्नाले पुरुषलाई पोलिथिन झोलासँग तुलना गरेको बयानमा प्रतिक्रिया दिएकी छिन्। इन्स्टाग्राममा ट्विंकल खन्नाको पुरानो अन्तर्वार्ताको क्लिप सेयर गर्दै कंगनाले लेखेकी छिन्, के हुन् यी विशेषाधिकार प्राप्त मानिसहरू जसले आफ्ना पुरुषहरूलाई पोलिथिन झोला भन्छन् । के तिनीहरू सर्वश्रेष्ठ हुन खोज्दैछन् ?

‘सुनको थालमा फिल्मी करियर पाएँ
कंगनाले थप लेखेकी छिन्– ‘चाँदीको चम्चा लिएर जन्मेका नेपो (नातावादको आर्शीवाद) बालबालिकाले सुनको थालीमा फिल्मी करियर त पाए । तर त्यसलाई न्याय गर्न सकेनन् । मातृत्वको स्वार्थ पनि उनीहरुका लागि खुशी र पूर्ण होइन तर उनीहरुको हकमा एक अभिशाप जस्तो देखिन्छ। तिनीहरू वास्तवमा के बन्न चाहन्छन् ? तरकारी ? के यहि हो नारीवाद ? उनले नातावादमाथी तीखो प्रहार गरिन् ।

कुरो के हो ?
ट्विंकल खन्नालाई एक पुरानो अन्तर्वार्तामा सोधिएको थियो कि उनलाई कसरी थाहा भयो कि उनी एक महिलावादी हुन् ? यसबारे ट्विंकलले आफ्नी आमा डिम्पल कपाडियाले ठूलो हुँदा महिलालाई पुरुषको आवश्यकता नपर्ने कुरा सिकाएकी थिइन् । ट्विंकलले भनिन्, ‘हामीले कहिल्यै नारीवाद वा समानता वा कुनै कुराको कुरा गरेका छैनौँ । तर यो धेरै स्पष्ट थियो छ कि महिलालाई पुरुषको आवश्यकता छैन।

ुप्लास्टिकको झोला भएको भए…
ट्विंकलले भनेकी थिइन्, ‘एउटा मान्छे पाउनु त धेरै राम्रो हुनेछ । जस्तो तपाईसँग राम्रो ह्यान्डब्याग छ। तर अझै पनि यदि तपाईंसँग प्लास्टिकको झोला थियो भने यसलेपनि काम गर्नेछ। त्यसैले म यो अवधारणाका साथ हुर्किएँ र लामो समयसम्म मैले महसुस गरें कि महिलाको लागि पुरुष कुनै विशेष आवश्यकता छैन। ह्यान्डब्याग नभए प्लास्टिकको झोलाले काम चलाउन सकिन्छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस