२०८१ माघ २५ गते शुक्रवार | 2025 February 7th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आइतबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

gold price today nepal

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार रुपैयाँ थियो । आज १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको सुन आइतबार एकैदिन दुई हजारले बढेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ । यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस