
काठमाडौं । भारतको प्रवर्तन निर्देशनालयले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई निवासबाटै पक्राउ गरेको छ । पक्राउ परेका दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सोधपुछका लागि हिरासतमा राख्नका लागि आज नै अदालतमा पेश गरिनेछ । मुख्यमन्त्रीको निवास बाहिर ठूलो संख्यामा सुरक्षाकर्मीहरू छन् । मुख्यमन्त्री निवासबाहिर आम आदमी पार्टीका कार्यकर्ताको भीड छ ।
यससँगै आम आदमी पार्टीले यस विषयमा सर्वोच्च अदालतको ढोका ढकढक्याइरहेको छ । दिल्ली मदिरा भष्ट्राचार प्रकरणमा ईडीले केजरीवाललाई २ घण्टाको सोधपुछपछि पक्राउ गरेको हो । तपाईंलाई जानकारी गराउँ यस प्रकरणमा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया १३ महिनादेखि जेलमा छन् । आप आदमी पार्टीका अर्का नेता सञ्जय सिंह ६ महिनादेखि जेलमा छन् । ईडीले ९ पटक सूचना जारी गर्दा पनि केजरीवाल सोधपुछका लागि उपस्थित भएका थिएनन ।
बिहीबार दिल्ली उच्च अदालतले यस मुद्दामा गिरफ्तारी रोक्न केजरीवालले गरेको याचिका खारेज गरेको थियो । भारतीय इतिहासमा केजरीवाल पक्राउ पर्ने पहिलो बहालवाला मुख्यमन्त्री हुन् । यसअघि झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले गिरफ्तार गरेको थियो । अर्कोतिर केजरीवालको कानूनी टोलीले गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेको छ । अदालतले आज यस विषयमा सुनुवाइ गर्न सक्नेछ ।