२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गायिका समीक्षाले पलको नाम लिँदै चिढ्याउने दर्शकलाई स्टेजबाटै दिइन् चेतावनी

nepali singer samikshya adhikari

काठमाडाैं । चर्चित गायिका समीक्षा अधिकारी होलीको अबसर पारेर आइतबार साङ्गीतिक प्रस्तुति दिन दाङ पुगेकी थिइन् । प्राकृतिक कला केन्द्र तुलसीपुरले आयोजना गरेको कार्यक्रममा त्यहाँका जनताले बहिष्कार गरेर २३ जना मात्रै दर्शक उपस्थित भएपछि कार्यक्रम रद्द भएको थियो । शनिबार होलीको पूर्वसन्ध्यामा आयोजना गरिएको सांगितिक कन्सर्टकालागि समीक्षा तुलसीपुरको मेट्रो होटलमा बसेकी थिइन् । तर, पल शाहको गृह जिल्लामा पुग्दा उनलाई हेर्न दर्शक नआए पछि उनी स्टेज नै नचढी फर्किएकी थिइन् ।

दाङबाट यस्तो तितो अनुभव बोकेर फिर्किएकी समीक्षाले चितवन भरतपुरमा पनि केही नमिठो क्षणलाई पार गर्नु पर्‍यो, यति मात्रै होइन उनले स्टेजबाटै दर्शकलाई चेतावनी समेत दिनु पर्‍यो । दाङमा जस्तै चितवनमा पनि नमिठो अनुभव बोक्नु पर्ने एक मात्र कारण हुन्, नायक पल शाह । उसो त, उनीहरूको सम्बन्ध सकिसकेको छ । यतिसम्म कि अहिले उनीहरूको बोलचाल पनि छैन । तर, विगतका घटनाका कारण समीक्षाले बारम्बार नराम्रो अनुभव बटुल्नु परेको छ ।

समीक्षा आइतबार दाङको कन्सर्टमा दर्शक नै नआएपछि चितवनमा प्रस्तुति दिन आएकी थिइन् । भरतपुरमा उनले धेरै दर्शकको साथ पाएकी थिइन् । उनको प्रस्तुति हेर्न हजारौँ दर्शकको भिड थियो । यस्तोमा उनले खुलेर साङ्गीतिक प्रस्तुति पनि दिइरहेकी थिइन् । तर, एकाएक समीक्षालाई दर्शक दीर्घाका केही व्यक्तिले गीत गाउनुअघि अपमान गर्न खोजेको देखिन्थ्यो। जहाँ उनलाई अपमानित गर्ने प्रयास गरिरहेका थिए । समीक्षालाई दर्शकको अघिल्लो लहरमा बसेका एक जनाले लगातार ‘पल शाहको नाम लिएर चिच्याउँदै ‘इरिटेड’ पार्ने कोसिस गरे । उक्त होली कार्यक्रममा पल शाहको नाम लिएर निरन्तर इरिटेड गरेपछि सुरुवातमा समीक्षाले सुरुमा ती युवालाई नजरअन्दाज गरिन् । तर, उनले जतिनैनजर अन्दाज गर्दा पनि ती युवाले अझै पल शाहको नाम लिएपछि औँलाले इसारा गर्दै चेतावनी दिइएकी छिन् ।

आफूलाई होच्याउन खोज्ने दर्शकलाईसमीक्षाले औँलाले इशारा गर्दै माइकबाटै भनिन्, ‘मेरो गीत मन पर्दैन भने नहेर्नुस्, तर धेरै बढी पनि नहुनुस् है हजुर।’ त्यसपछि ती दर्शकको बोली बन्द भएसँगै समीक्षाले आफ्ना हिट गीत ‘कुरा बुझ्न पर्च’ गाउँदै दर्शकलाई झुमाउँदै आफ्नो साङ्गीतिक प्रस्तुति तर्फ लागिन् ।

 

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस