२०८१ साउन ५ गते शनिवार | 2024 July 20th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते

२ जेठ, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बुधबार दिउँसो नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जीप साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो ।

निस्दीको मतियार डाँडामा भएको दुर्घटनामा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । उनका अनुसार घाइते सबैको उद्दार गरी उपचारका लागि नवलपुरतर्फ पठाइएको छ । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस