२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

सन्दीपको भिसाका लागि खेलकुद मन्त्रालयले परराष्ट्रलाई पठायो पत्र

नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिलाउनका लागि युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात् खेलकुद मन्त्रालयले सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्दै पत्र पठाएको छ ।

मन्त्री श्रेष्ठले सन्दीपको भिसाका लागि खेलकुद मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको र सबै किसिमको सहयोगलाई जारी राख्ने बताए । अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ । बुधबार सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । भिसा एप्लाई स्वीकृत नहुँदा सन्दीपले विश्वकप खेल्ने–नखेल्ने अन्योल बढेको छ । आसन्न टी–२० विश्वकप आउँदो २ जुनदेखि अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस