२०८१ माघ ३ गते बिहिवार | 2025 January 16th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली कांग्रेस सुनसरीमा पहिरो : केन्द्रिय सदस्य, पुर्व संसद, जिल्ला सभापति सहित सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेस

सुनसरी / नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा सुनसरीका सयौँ जना नेता तथा कार्यकर्ता नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका, ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेकपा एमालेका केन्द्रीय सचिव कोशी प्रदेश इन्चार्ज एंव नेपाल सरकारका उप-प्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर माहसेठ लगाएत एमालेका प्रतिनिधिहरूले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए।

नेपाली काङ्ग्रेस , नेकपा माओवादी , जनता समाजवादी पार्टी , नेकपा एकृत लगाएत पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । पुर्ब सस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री, संबिधान सभा सदस्य तथा नेपाली कांग्रेस पुर्ब केन्द्रिय सदस्य सुमित्रा कुमारी विश्वास तथा नेपाली कांग्रेस सुनसरीका पुर्व जिल्ला सभापति प्रदिप कुमार चौधरी सहित सयौं नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेस गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नयाँ प्रतिनिधिहरूले नयाँ एजेन्डा लिएर सत्यको पक्षमा रहेर जनताको हकहितमा लाग्न सुझाव दिनुभयो । एकआपसमा जोडिएर यसले व्यवसायले पनि सहयोग पुग्ने उहाँको भनाइ थियो । नेकपा एमालेले सुशासनको काम गर्ने बताउनुभयो। विभिन्न पार्टी परित्याग गरि आएका प्रतिनिधिले जनताको हकहितमा काम गर्ने छन् र लोकतन्त्र र गणतन्त्रको लागि लड्ने नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी दुहबीका अध्यक्ष बाबुराम बजगाईले बताउनुभयो ।

जुन पार्टीमा लोकतन्त्र र गणतन्त्रको स्थापना हुदैन त्यो पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको पार्टी प्रवेशका कार्यकर्ताले बताएका छन् । दुहबीमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी ओली ले टिका तथा खादा लगाएर उनीहरुलाई पार्टी प्रवेस गराएका हुन्। पार्टी प्रवेस कार्यक्रम मा बोल्दै पुर्ब राज्य मन्त्री विश्वासले आफु जस्ता धेरै नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा रहेको तर सबै पिडित भएर बसेको बताइन उनले भनिन परिवार बाद हाबी भयो, नेपाली कांग्रेसमा बस्ने बाताबरण भएन र हामीले बिद्रोह गर्यौं, परिवार वादको अत्याचार अन्त्य, लोकतन्त्र र गणतन्त्र रक्षाको निम्ति नेकपा एमाले प्रवेस गरेको बताइन।

कार्यक्रम मा बोल्दै पुर्ब प्रधानमन्त्री केपी ओलीले नवप्रवेसी हरुलाई पार्टीमा स्वागत गर्दै नेकपा एमाले देशकै ठुलो र लोकतान्त्रिक पार्टी भएको बताए उनले भने नेकपा एमाले मात्रै यस्तो पार्टी हो जसले आफ्ना कार्यकर्ताको भावना र मर्का सुन्छ, बुझ्छ, फरक प्रसंगमा ओलीले अहिले कांग्रेस रविको पछी हात धोएर पछाडी लागेको भन्दै असन्तुस्टी व्यक्त गरे।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस