२०८१ माघ २५ गते शुक्रवार | 2025 February 7th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यानडाविरुद्ध नेपालको लज्जास्पद खेल, १६ ओभरमा नै हार निश्चित

काठमाडौं। आइसीसी टी–२० विश्व कप अघिका वार्म अप खेल आजदेखि सुरु भएका छन् । आज नेपालले वार्म अप खेलमा क्यानडासँग लज्जास्पद नतिजा व्यहोरेको छ । खेलमा नेपालको अत्यन्तै कमजोरी देखिएको छ ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले नेपालमाथी विस्फोटक ब्याटिङ गर्यो । नेपालका बलरहरुको कुनै जादु चलेन । क्यानडाले नेपाललाई जितका लागि १८४ रनको लक्ष्य दियो । क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालका कुनैपनि ब्याट्सम्यानले राम्रो गर्न सकेका छैनन् । १६ ओभरको समाप्तिमा ६ विकेट गुमाएर नेपालले मात्र ९६ रन जोडेको छ ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो। आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ। नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस