२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

माधव नेपालको प्रतिवेदन: सत्ता गठबन्धन फेर्ने, कम्युनिस्ट एकता हुन नदिने

३१ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेर्ने प्रस्ताव आफ्नो पार्टीका नेताहरुसँग राखेका छन् ।

सोमबारदेखि सुरू पार्टीको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेस भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले संसदभित्रका विभिन्न राजनीतिक दलहरू सम्मिलित समीकरणमा रहनु मोर्चा नभएको स्पष्ट पार्दै यसलाई तत्कालिक राजनीतिक सहकार्य मात्रै भएको तर्क गरेका छन् ।

तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका अध्यक्ष नेपालले अहिले एमाले र माओवादीसँगको सत्ता सहकार्य पनि फेरिन सक्ने निष्कर्ष निकालेका छन् । उनले अहिले कम्युनिस्ट पार्टीहरूबीच एकता सम्भव नभएकाले आफूहरुले त्यो हुन नदिनु नै उपयुक्त रहेको तर्क नेपालको छ ।

‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तत्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ’, प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस