२०८२ असार २६ गते बिहिवार | 2025 July 10th Thursday

पञ्जाब किंग्सले राजस्थानलाई ५ विकेटले हरायो

RR vs PBKS Live Score

RR vs PBKS Highlights : कप्तान सैम करनको अलराउन्ड प्रदर्शनको योगदानमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जितको स्वाद चाख्यो । राजस्थानको यो लगातार चौथो हार हो । तर, राजस्थानको टोली यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ । बलरको उत्कृष्ट प्रदर्शनका आधारमा पञ्जाब किंग्सले राजस्थानलाई ९ विकेटमा १४४ रनमा सीमित गरेको थियो ।

राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि उसको ब्याटिङ निकै कमजोर रह्यो । प्रारम्भिक कमजोरीपछि पञ्जाबका करनले ४१ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै अविजित ६३ रन बनाएर जित दर्ता गराए । पञ्जाबका लागि आशुतोष शर्माले ११ बलमा १७ रन बनाएर अविजित रहे । राजस्थानका आवेश खान र युजवेंद्र चहलले समान २–२ विकेट लिए ।

राजस्थानको टोली १३ खेलमा आठ जित र पाँच हार खेपेर १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने पञ्जाब १३ खेलमा पाँच जित र आठ हारसहित १० अंकसहित नवौं स्थानमा छ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस