२०८२ असार २८ गते शनिवार | 2025 July 12th Saturday

काठमाडौंको टोखामा भीषण आगलागी, एक जनाको मृत्यु

१४ जेठ, काठमाडौं । टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति आगलागी हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी छन् । उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा घाडामा बस्दै आएको प्रहरीले जनाएको छ ।

बुढाथोकी बस्ने कोठामा राति आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए । आगोमा जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

आगलागीबाट करिब १५ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस