
काठमाडौं । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) बीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले मात्र ७४ मिनेटमा नै चार गोल खाइसकेको छ । अब्दल्ला सुहेलले १२ मिनेटमा पहिलो गोल गरे । लगत्तै १३ मिनेटको केही सेकेण्डमा दोस्रो गोल गरे । ५३ मिनेटमा अलि सहेलले गोल गरे । भर्खरै मैदान प्रवेश गरेका हजेम मोहम्मद अब्दुल्ला अब्बासले धेरै टाढाबाट रकेट सर्ट हान्दै गाले गरेर यूएई–नेपाल चार–शून्यको स्कोर बनाए ।
खेल साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा राति पौने १० बजेदेखि सुरु भएको छ । घरेलु मैदानमा खेल्नु पर्ने खेल देशको एकमात्र अन्तराष्ट्रिय दशरथ रगंशाला खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भुमिका रुपमा साउदी अरबमा खेल्नु परेको हो ।
यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो । छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ । नेपालले यसअघि रगंशालाकै खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उस्कै मैदानमा खेलेको थियो ।
विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समूह चरणका चारै खेलमा हार भोगेको छ । नेपालले यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । बहराइसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो ।