२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५ वर्षदेखि फलामे सिक्रीमा बाँधिएका प्रवीण, उपचारका लागी याचना माग्दै बुढी आमा ! {भिडियोसहित}

'उपचार पाए छोराको रोग निको हुन्थ्यो कि भन्ने आश छ' -आमा भन्छिन् ।

१ असार, काठमाण्डौँ । छोराको औषधि उपचार गराउन नसकेर ५ वर्षदेखि फलामे सिक्रीमा बाँधेर राख्न बाध्य भएकी आमाको मन कति चिरा परेको होला ? अब त छोरा ठुलो भयो, कमाउन सक्ने हुँदैछ भनेर खुसि हुने बेलामा छोराको खुट्टामा बडेमानको फलामे सिक्री बाँधेर छोड्नुको पिडा कति सम्म होला ? अँहँ हामी कल्पनासम्म गर्नै सक्दैनौँ । आमा, म अब कमाउन जान्छु, तिमीलाई खुसि दिन्छु, अब सानो घर हैन ठूलो घरमा तिमीलाई रानी बनाएर राख्छु भन्ने बेला भाको छोरालाई यसरी बाधेर राख्नुको पिडाले आमाको मन पोलिरहेको छ ।

आमा, मलाई पनि अरु जस्तै टाढा टाढासम्म हिडेर जान मन लाग्छ ? मलाई पनि खुल्ला भएर जता पनि जान मन लाग्छ, किन म जान पाउदिन हो ? मलाई किन फलाामाको दाम्लाले बााधेको ? म चक चक गर्दिन अब, मलाई ठिकै छ, छोराले यस्तै भन्छ की भन्ने आशा आमाको मनमा सधैँ आईरहन्छ, औषधी खान दिएर निको हुने छोराको लागी पैसा नभएर उपचान गर्नै पाएको छैन उनका आमाले भनिन् ।

गरिबीकै कारण एउटी आमा सुस्तमनस्थिति भएका छोराको औषधि उपचार गराउन नसकेर ५ वर्षदेखि फलामे सिक्रीमा बाँधेर राख्न बाध्य भएकी छन् । सप्तरीको शम्भुनाथ नगरपालिका–७ की ६० वर्षीया एकल महिला ऐश्वरीदेवी चौधरी आफ्ना २२ वर्षीय माइला छोरा प्रवीणलाई फलामे सिक्रीमा बाँधेर राख्न बाध्य भएकी हुन् ।

औषधि उपचार गर्न नसकेर विगत ५ वर्षदेखि खुट्टामा सिक्री बाँधेर छोरालाई राख्नुपरेको आमा ऐश्वरी बताउँछिन् । सुस्तमनस्थिति भएका छोरालाई ‘चोटपटक नलागोस् र अरूलाइ दुःख नदिऊन्’ भनेर सिक्रीमा बाँधेर घरभित्रै राख्ने गरेको उनले बताइन् । १७ वर्षको उमेर हुँदा अचानक छोरा सुस्तमनस्थिति रोगले पीडित भएको आमा ऐश्वरीले सुनाइन् । सोही समय जेठो छोरा रवीन पनि सम्पर्कविहीन भए ।

रवीनको अवस्था हालसम्म अज्ञात छ । कान्छो छोरा सञ्तोष भने हाल काठमाडौंमा ज्याला मजदुरी गर्दै आएका छन् । उनको परिवारमा ४ वर्षअघि अर्को विपत्ति पनि आइलाग्यो । एउटा छोरा सुस्तमनस्थितिले बिरामी र अर्को बेपत्ता भएपछि शोकमा डुबेका पिता परशुराम चौधरीको २६ चैत २०७७ मा निधन भयो । छोराहरूको शोककै कारण उनको निधन भएको ऐश्वरी बताउँछिन् । परिवार चलाउने एक मात्र अभिभावक पनि नरहेपछि हातमुख जोड्ने समस्यासमेत उत्पन्न भएको छ ।

प्रवीण बाँधेकै स्थानमा शौच गर्छन् । हातखुट्टा राम्रोसँग नचल्ने भएकाले आमाले नै नुहाइधुवाई, लुगा फेर्ने र खाना खुवाइदिने गर्नुपर्छ । ५ वर्षको अवधिमा उनी एकपटक सिक्री खोल्दा भागेर एक गाउँलेलाई लठीले हिर्काएर घाइते बनाइदिएपछि २४सैं घण्टा बाँधेर राख्न बाध्य भएको ऐश्वरीले बताइन् । ‘सिक्रीले बाँधिएन भने निस्केर उपद्रो गर्देला वा अन्यत्र जाला भन्ने डरले सताउँछ,’ आमा ऐश्वरीले भनिन्, ‘एकपटक त्यस्तोखाले घटना गरिसकेकाले अब सिक्री खोल्ने हिम्मत हुँदैन ।’

अहिले अर्काको खेतमा मजदुरी गरेर परिवार धान्दै आएकी उनले आर्थिक अभावले उपचार गर्न नसकेको लाचारी सुनाइन् । ‘१५–१६ वर्षसम्मका हुँदा छोरा स्वस्थ र फुर्तिला थिए,’ उनले भनिन्, ‘१७ वर्षको पुग्दा अचानक समस्या देखिन थाल्यो ।’ रकम अभावमा बेलैमा उपचार गराउन नसकेर अहिले यसरी बाँधेर राख्नुपरेको उनले गुनासो पोखिन् । खाटमा बाँधेर राखेको छोरातिर देखाउँदै ऐश्वरीले भनिन्, ‘गरिब भएपछि जन्माएको छोरालाई गाइबस्तुजस्तै बाँधेर राख्नुपरेको छ ।’

सम्पत्तिका नाममा उनको ३ धुरमा बनेका फुसका दुईवटा झुप्रा छन् । समस्या परेका बेला सोही जग्गा देखाएर उनले गाउँकै एक महिला समूहबाट ५ हजार ५ सय रुपैयाँ ऋण सापटी पनि लिएकी छन् । ‘उपचार पाए छोराको रोग निको हुन्थ्यो कि भन्ने आश छ,’ उनले भनिन्, ‘तर, खोइ यो आश पूरा होला र ? ’ छोराको उपचारका लागि सहयोगको याचना गर्दै उनले ९८११३४७४१९ र ९८४२८२१०८२ मा सम्पर्क गर्न सबैसँग आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस