२०८१ असार ३१ गते आइतवार | 2024 July 14th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ, प्रतिलिटर मुल्य कति ?

१ असार , काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार ९आज० मध्यरातिपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ पर्नेछ ।

मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ । त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस