असार ३, काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ । गुल्सन झा शून्य रन बनाएर आउट भएका हुन् ।
नेपालले १७.५ ओभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।
प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार