२०८१ साउन ७ गते सोमवार | 2024 July 22nd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालका चर्चित क्रिकेटर सन्दीप ४० लाख, दिपेन्द्र २४ लाख र रोहित १६ लाखमा बिक्रि

काठमाडौं । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने ४० लाख, दिपेन्द्रसिहं ऐरी २४ लाख र रोहित पौडेल १६ लाखमा बिक्रि भएका छन् । नेपाली टिमका कप्तान रोहित पौडेलसहित अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्न मोटो पारिश्रमिक पाउनेगरी अनुवन्ध भएका हुन् ।

ग्लोबल टी–२० लिग आगामी जुलाईमा हुने छ । सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले भित्र्याएको हो । यसअघि सन्दीपले सरे जाग्वार्सबाट ग्लोबल ट्वान्टी–२० खेलेका थिए । रोहित टोरन्टो नेसनलमा आवद्ध भएका छन् । रोहितले पहिलोपटक लिग खेल्न लागेका हुन् ।

 

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस