२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज मंगलबार गणेशको प्रिय बार, पूजा कसरी गर्ने ?

११ असार , काठमाडौँ । आज २०८१ साल असार ११ गते मंगलबार तदनुसार सन् २०२४ जुन २५ तारिख । असार कृष्ण पक्षको चतुर्थी तिथि । मंगल चौथी ।
मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ ।

मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ। मङ्गलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ। मंगलबार मासु सेवन गर्नु हुँदैन ।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र
यी ११ मन्त्रहरू जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ। १। श्री गणेशाय नमः २। ॐ श्री गणेशाय नमः ३। गं गणपतये नमः ४। ॐ गं गणपतये नमः ५ ॐ गं ॐ गणाधिपतये नमः ६। ॐ सिद्धि विनायकाय नमः ७। ॐ गजाननाय नमः ८। ॐ एकदंताय नमो नमः ९। ॐ लम्बोदराय नमः १०। ॐ वक्रतुंडाय नमो नमः ११। ॐ गणाध्यक्षाय नम ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस