२०८१ साउन ७ गते सोमवार | 2024 July 22nd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत सेमीफाइनलमा प्रवेश, रोहित शर्माको कीर्तिमानी इनिङमा अस्ट्रेलिया पराजित

११ असार , काठमाण्डौँ । ग्रास आइलेट– रोहित शर्माको कप्तानीमा भारतीय टीम उत्कृष्ट प्रदर्शन गर्दै जारी टी२० विश्वकप २०२४ प्रवेश गरेको छ । भारतीय टीमले सुपर ८ को राउण्डमा सोमवार राति आफ्नो अन्तिम प्रतिस्पर्धामा अस्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । भारतसंगको हारपछि अस्ट्रेलियाका लागि भने अब प्रतियोगिताबाटै बाहिरिने खतरा बढेको छ ।

अर्कोतिर अफगानिस्तानको टीम निकै खुशी देखिएको छ । वास्तवमा मंगलवार बिहान सवा छ बजेदेखि अफागनिस्तान तथा बंगलादेशबीच खेल हुँदैछ । यो खेलमा अफगानिस्तान विजयी भयो भने यो टीम सेमीफाइनलमा पुग्नेछ र अस्ट्रेलियाको टीम प्रतियोगिताबाट बाहिरिने छ । जबकि अफगानिस्तानको पराजयमा अस्टे्रलिया सेमीफाइनलमा पुग्ने छ ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस