२०८१ असार ३१ गते आइतवार | 2024 July 14th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वस्तिमा–साम्राज्ञीले आफ्नै खुट्टामा हाने बञ्चरो, कलाकार संघले गर्‍यो निन्दा

काठमाडौं । अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण बढेको विवाद झनै बढ्ने देखिएको छ । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा दुवै अभिनेत्रीहरुले व्यक्त गरेको विचारप्रति आलोचना हुने क्रम रोकिएको छैन । अनमोल केसी र जसिता गुरुङको निजी जीवनबारे स्वस्तिमा र साम्राज्ञीले दिएको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ। यस बीचमा नेपाल चलचित्र कलाकार संघले पनि उनीहरुले दिएको अभिव्यक्तिको निन्दा गरेको छ ।

बुधबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष मोहन निरौलाले कार्यक्रम प्रस्तोता र सहभागी कलाकारको गैर जिम्मेवारीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ‘,‘हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्ती प्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकर्षण भएको छ । उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ ।

आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ’ अध्यक्ष निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्याय संगत ठहर्दैन र हुदैन पनि । नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरुलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । भर्खरै मात्र जेष्ठ २९ गते कलाकार र आम संचार विषयक विचार गोष्ठी संचालन गरेको हामी स्मरण गराउन चाहन्छौं।’

विज्ञप्तिमा भनिएको छ ‘यसभन्दा अघि पनि केही कलाकारहरुले सामाजिक मर्यादा विपरीत अनुशासन विपरीत आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भइ सचेत पनि गराएका थियौँ । प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नगर्न हुन हामी यही विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ ।’

 

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस