२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

काठमाडौंका यी क्षेत्रमा आज विद्युत सेवा बन्द हुने

८ असार , काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

प्राधिकरणले एक सूचना जारी गरी मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० केभीको नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२र३३र११ केभी सबस्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार आज ११ केभी इन्कमर अन्तर्गत मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ, फिर्पिङ फिडरका स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ । यस्तै, आइतबार ११ केभी मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ र फर्पिङ फिडर अन्तर्गतका क्षेत्रमा विभिन्न समयमा २ घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस